सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २ । च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहेपनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ । बार्सिलोनाले शनिबारको जितसहित स्पेनिस लिग फुटबलमा ३९ खेलमा अपराजित यात्रा कायम राख्दै रियाल सोसिडाडले ३८ वर्षअघि बनाएको कीर्तिमानलाई तोड्न सफल भएको छ ।
भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो । यसअघि १९७८र७९ र १९७९र८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो ।
घरेलु मैदानमा भएको खेलको १५ औ मिनेटमा नै फिलिप कौटिन्होको पासमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ५१ औं मिनेटमा उम्टिटीले हेडर मार्फत गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा डानियल पारेजोले पाएको पेनाल्टीलाई सदुपयोग गर्दे गोलमा परिणत गर्दा भ्यालेन्सियाले गोलअन्तरलाई कम गरेको थियो । त्यसपछि दुर्ब पक्षबाट कुनै गोल हुन नसक्दा खेल बार्सिलोनाले २–१ ले जित्यो ।
३२ खेलपछि बार्सिलोना ८२ अंकसहित शीर्षस्थानमा यथावत छ । एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको ६८ अंकसहित दोस्रो, भ्यालेन्सियाको ६५ अंकसहित तेस्रो र रियल म्याड्रिड भने ६४ अंकले चौथोमा परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा