सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९। साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टससँग ३–१ को हार व्यहोरेको रियल पहिलो लेगको जितको आधारमा सेमिफाइनल यात्रा तय गरेको हो ।
पहिलो लेगमा ३–० को जित हात पारेको रियलले दोस्रो लेगमा ३–१ को हार ब्यहोर्दा समग्रमा ४–३ गोलको नतिजा निकाल्न सफल भएको रियलले लगातार तेस्रो पटक उपाधी जिन्ने अभियानलाई निरन्तरता दियो ।
उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले तीन शुन्यको अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनाउन पायो।
खेलको दोस्रो मिनेटमा नै सामी खिदेराको पासमा मारीयो मन्जुकिकले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३७ औं मिनेटमा पुनः मन्जुकिकले नै गोल गर्दै युभेन्टसलाई दुई शुन्यको अवस्थामा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफको ६० औं मिनेटमा ब्लेइजी मातिउदीले युभेन्टसका लागि तेस्रो गोल गर्रे ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा युभेन्टसका गोलकिपर बुफोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसपछि अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । योसँगै रियल मड्रिड १३ औ पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा