भर्खरै

वैज्ञानिकहरुको सफलता ; माइनस १०० डिग्री तापक्रममा कम्प्युटरबाट गरीयो खेती, उमारीयो सागसब्जि


 April 9, 2018     सेतो खबर

अंटार्टिका विश्वको सबैभन्दा जाडो ठाउँ हो, त्यसैले यो ठाउँमा खेती गर्ने कुरा कसैले कल्पना पनि गर्देनन् । यो यस्तो ठाउँ हो जहाँ न त माटो हुन्छ न त सुर्यको प्रकाश । साथै यहाँ बर्षेभरी हिउँ पर्ने र बरफ जम्ने हुन्छ । यस्तो ठाउँमा सागसब्जि उमार्नु प्राय असम्भव जस्तै हो ।

तर जर्मनीका वैज्ञानिकले यो असम्भव कामलाई सम्भवमा रुपान्तर गरी चर्चा बटुलेका छन् । उनले अंटार्टिकामा माइनस १०० डिग्रि तापक्रममा पनि पहिलो पटक हरियो सागसब्जि उमारेका छन् ।

वैज्ञानिकले एक विशेष किसिमको ल्याव बनाएर ३.६ किलो हरियो पत्तादार सागसब्जि उमारेका छन् । जसमा १८ वटा काक्रो र ७० वटा मुला पनि उमारेका छन् । खेतीको लागी बैज्ञानिकहरुले जर्मन एयरोस्पेस रिसर्च स्टेशन (जीएआरएस) नेयमार थ्रीसँगै ४०० मिटर लामो एउटा ग्रिन हाउस चेम्बर बनाए । यसको लागी बैज्ञानिकहरुले एउटा विशेष किसिमको पोषक घोल बनाएका थिए । जसलाई कम्प्युटरद्धारा नियन्त्रण गरीन्थ्यो । केही मिनेटको अन्तरालमा यसलाई छर्किन्थ्यो । यसको साथै चेबरमा रातो, नीलो र हरीयो एलईडी लाइट र ४२ वटा चिमबत्तिहरु पनि लगाइएको थियो ।

(जीएआरएस)  मा आबद्ध पाँल साबेलले बताए अनुसार सब्जि उमार्नको लागी बीउँ फेब्रुवरीमा रोपीएको थियो । त्यो बेलादेखी नै सागसब्जिको विरुवाहरु बढ्ने समय कुरीएको थियो । उनले आशा ब्यक्त गर्दे भनेका थिए कि हामी हरेक हप्ता ४–५ किलो गोलभेडा, मुला, खुर्सानी र अन्य पत्तेदार सागसब्जि उमार्नमा सफल हुनेछौ ।

नायमार स्टेशन १० महिनासम्म विश्वबाट अलग रहेको थियो । उक्त अवधिमा वैज्ञानिकहरुलाई खाना सम्वन्धि धेरै समस्याहरुको सामना गर्नु पर्यो र सिमित खानेकुराबाट समय गुर्जानु पथ्र्यो । तर पनि यो प्रोजेक्टको सफलतासँगै बैज्ञानिकहरुलाई नयाँ आशा जागेको छ । उनीहरुले भनेका छन् कि यो प्रोजेक्टबाट प्राप्त गरीएको जानकारीहरुको प्रयोग चन्द्रमा र मंगल ग्रहहरुको विभिन्न अभियानमा गर्नेछौ ।

ctzn
LIC

LIC


Ime Inside