सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ । सलमान खान एक पटक फेरी ‘रेस ३’ बाट सिल्वर स्क्रिनमा जबरदस्त स्टंट गर्दे आउने भएका छन् । रेस फे्रन्चाइजीको अगाडीको दुई वटै फिल्ममा पनि उत्कृष्ट एक्शनले भरिएको थियो । अब यो फिल्ममा पनि यस्तै देख्न सकिने भएको छ ।
सलमान खान स्टार ‘रेस ३’ सन २०१८ को सबैभन्दा ठुलो फिल्ममा शामिल भएको छ । ‘रेस ३’ लाई रेमो डिसुजाले निर्देशन गरीरहेका छन् ।
फिल्मको शुटिङ अहिलेपनि अबु धाबीमा भइरहेको छ । यसैबिचमा खबर आएको छ कि ‘रेस ३’ का निर्माता फिल्मको थियेट्रिकल राइट्स १५० करोडमा बेच्न चाहन्छन् । एक सुत्रका अनुसार, सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा हे को पनि थियेट्रिकल राइट्स लगभग १३० करोडमा विकेको थियो ।
यसलाई लिएर जब सलमान खानको नाम ‘रेस ३’ सँग जोडीयो तब फिल्मको निर्माता यो आकडालाई बढाउदै १५० सम्म पुर्याएका हुन । खबर बाहिर आए अनुसार ‘रेस ३’ को स्याटलाइट राइट्सको लागी एउटा च्यानलले पनि ७५ करोडको अफर गरेको छ । यता निर्माता पनि यसको आकडामा पनि उछाल देख्न चाहन्छन् यसैले स्याटलाइट राइट्सलाई पनि १५० करोडमा बेच्न चाहन्छन् । यसैले रिलिज पहिला नै ‘रेस ३’ को नाममा नयाँ रेकर्ड दर्ज हुन गईरहेको छ ।
‘रेस ३’ मा सलमान खानको अलावा बबी देओल, अनिल कपुर, ज्याकलिन फर्नानडेज, डेजी शाह, शाकिब सलीम र फ्रेडी दारुवाला पनि नजर आउनेछन् । सलमान खान पहिलो पटक उक्त हिट फिल्म रेस को फ्रेन्चाइजीको हिस्सा बन्न गईरहेका छन् ।
फिल्म यही बर्षको १५ जुनमा प्रदर्शनमा आउने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा