सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र २१ । मार्चको अन्तिम हप्तामा रिलिज भएको टाइगर श्राँफको ‘बागी–२’ ले बक्स अफिसमा दमदार कमाई गरेको छ । पछिल्लो खबर अनुसार फिल्मले रिलिज भएको पाचौ दिनमा लगभग ११ करोडको कमाई गरेको छ ।
यसको साथै फिल्मको कुल कमाई ९६.२० करोड भारु पुगेको छ । रिलिज भएको पहिलो दिन मै २५ करोडको कमाई गर्नै यो फिल्मको विषयमा दर्शकहरुको राम्रो प्रतिक्रिया मिलिरहेको छ । फिल्मले दिपिका पादुकोण र रणविर सिंहको फिल्म ‘पद्मावत’ को पहिलो दिनको कमाईको रेकर्ड तोड्दै २०१८ सालको सबैभन्दा बढि ओपनिंग कलेक्शन गर्ने फिल्म बनेको छ ।
यो सफलताको लागी करण जोहोर लगाएत फिल्मि क्षेत्रका स्टार तथा हस्तिहरुले बधाई दिने क्रम बढिरहेको छ । टाइगर श्राँफको एक्शन र दिशा पटानीको साथ उनको केमेस्ट्रिलाई दर्शकहरुले राम्रो मन पराएका छन् ।
फिल्ममा टाइगर रणवीर प्रताप उर्फ रानीको भुमिका उत्रेका छन् भने उनले एक आर्मी कमाण्डोको जबरदस्त एक्सन दिएका छन् । साथै त्यही नेहा (दिशा) उनको कलेज गर्लफे्रन्डको भुमिकामा छन जसको विवाह अरुसँग हुन्छ र त्यसपछि उनीहरु दुई विच ४ बर्ष पछि भेट हुन्छ । नेहा, रानीसँग उसको किडन्याप भएको बच्चालाई खोज्न मद्यत माग्छिन र यहीबाट कहानी बदलिन्छ ।
बागी २ को कुल बजेट ६० करोड भारु रहेको बताइएको छ । जसमा प्रोडक्शनको बजेट करीब ४५ करोड थियो भने बाकि १५ करोड प्रमोशनमा खर्चिएको छ । फिल्मले ३ दिनमा नै आफनो लागत उठाएको थियो भने त्यसपश्चात मुनाफा आर्जन तिर लम्किसकेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा