सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मरेपछि मान्छेको सबैकुरा सकिन्छ । खाली हात आएको हुन्छौ खाली हात जानुपर्छ । जे जति भोग गर्ने हो, त्यो बाँचुञ्जेल नै गर्ने हो । त्यसैले मरेपछि न तेरो, न मेरो ।
हामी मर्नुभन्दा अघि नै रोगले थला पर्छौं । थला पर्नुभन्दा अगाडि नै कमजोर हुन्छौं । कमजोर भएपछि काम गर्न सक्दैनौ । हाम्रो कमाई हुँदैन । अरुको भरमा बाँच्नुपर्छ ।
तर विश्वमा यस्ता व्यक्तिहरु पनि रहे, जसले मृत्युपछि समेत पैसा कमाइरहेका छन् । उनीहरुको कमाई पनि चानचुने होइन । बर्षकै करोडौं रुपैयाँ कमाई हुन्छ । उनीहरु मरेको बर्र्षौ भयो तर उनीहरुको आम्दानी अझै रोकिएको छैन ।
यसरी मृत्युपछि पनि कमाई :
यि विश्वप्रशिद्ध व्यक्तिहरु हुन्, जसको कृति, रचनाको रोयल्टी अहिले पनि निरन्तर आउने गर्छ । त्यो रोयल्टी करोडौ रुपैयाँ छ ।
अर्नाल्ड पाल्मर :
अर्नाल्ड पाल्मरलाई गल्फ किंग भनिन्थ्यो । उनले आफ्नो जीवनमा अधिक पैसा कमाए । उनको मृत्यु ८७ बर्षमा भयो । उनी मरेको एक महिना हुँदैछ । अचम्मलाग्दो त के भने, मरेपछि पनि उनको महिनाको कमाई चार करोड डलर छ ।
माइकल ज्याक्सन :
विख्यात पपस्टार माइकल ज्याक्सनलाई नचिन्ने सायदै होलान । उनको अप्रत्यासित मृत्यु भयो । तर, मृत्युपछि पनि उनी बेजोड कमाई गरिरहेका छन् । यस बर्ष मात्र माइकलले आठ सय करोड भन्दा बढी रुपैयाँ कमाए ।
चाल्र्स शूल्ज :
चाल्र्स शूल्ज उनी आफ्नो जमानाका सर्वाधिक चर्चित कार्टुनिस्ट थिए । उनको मृत्यु सन् २००० मा भयो । तर, उनको कमाईको सिलसिला अहिले पनि जारी छ । उनले यस बर्ष मात्र करिब पाँच सय करोड रुपैयाँ कमाइ गरे ।
एल्भिस प्रेस्ले :
एल्भिस प्रेस्लेलाई रक संगीतको दुनियामा प्रिन्स मानिन्छ । एल्भिसले आफ्नो जीवनमा धेरै ख्याती कमाए । उनको मृत्यु सन् १९७७ मा भयो । तर, अहिले पनि कमाइ गरिरहेका छन् । उनको बार्षिक कमाई दुई सय करोड हाराहारीमा छ ।
अल्बर्ट आइस्टाइन :
अल्बर्ट आइस्टाइनलाई नचिन्ने त सायदै होलान् । उनलाई बिज्ञनका पिता पनि भनिन्छ । उनको मृत्यु बर्षौ अघि भएको हो । तर, उनको अहिले पनि कमाई हुन्छ, बर्षमा सय करोड रुपैयाँभन्दा बढी ।एजेन्सी ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा