सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १६ । टाइगर श्राँफको फिल्म ‘बागी–२’ ले बक्स अफिसमा राम्रो शुरुवात गरको छ । क्रिटिक्सले पनि फिल्मलाई राम्रो रिभ्यु दिएका छन् ।
यस रोमान्टिक–एक्शन फिल्ममा दिशाको कामलाई पनि सबैले राम्रो मुल्याङकन गरेका छन् । यो टाइगरको पाँचौ फिल्म हो । टाइगरको यो फिल्मलाई लिएर कैयौ बलिउड स्टारहरुले पनि तारिफ गरेका छन् ।
ट्रेड एनालिटिकका अनुसार ‘बागी–२’ ले बक्स अफिसमा रेकर्ड तोडेर कमाउन सक्दछ । यसको साथै टाइगरको यो फिल्म एउटा ठुलो रेकर्ड बनाएको छ । रेड र हिचकी जस्तो सुपरस्टारको फिल्म चलिरहदा पनि बागी–२ को विहानको शोमा पनि ४० प्रतिशत सिट फुल देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो भन्दा पहिला यति नै बढि ‘पद्मावतु’, ‘ रेड’ र ‘प्याडम्यान’ मा देखिएको थियो । यो मात्र नभएर टाइगरको यो पहिलो फिल्म हो जुन भारतमा ३५०० स्क्रीनमा रिलिज भएको छ । यसलाई विश्वभर ६२५ स्क्रीन मिलेको छ । यो ईटली र म्यानमार जस्तो ४५ देशहरुमा रिलिज भईरहेको छ ।
‘बागी–२’ को निर्माताहरुले ५ दिन अघिदेखी नै यस फिल्मको एडभान्स वुकिङ खुल्ला गरेका थिए । यो फिल्म यस बर्षको ठुलो ओपनर साबित हुने अनुमान फिल्म क्षेत्रकाले गरेका छन् । फिल्म म्यागजिन सुपरसिनेमाका अनुसार ‘बागी–२’ ले पहिलो दिन १४ करोडको कारोबार गर्न सक्ने पुर्वानुमान गरेका छन् ।
साजिद नाडियाडवालाको यो फिल्मको बारे एक ट्विटर युजरले भनेका छन् ‘टाइगर को इन्ट्री र स्टन्ट शानदार छ’ । एउटा अर्को युजरले लेखेका छन् ‘टाइगर र दिशाको कलेज रोमांस एकदम रियल कलेज लाइफ देखिएको छ’ । त्यही कुरालाई दोस्रो युजरले भनेका छन् ‘बागी -२ को फस्ट डे फस्ट शो को लागी सिनेमाहलहरुमा योगस्टर्सले भरिएको छ । ‘
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा