सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १६ । साउदी अरेबियाको जेलमा दुई वर्षदेखि रहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेसियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन्। राईको उद्धारका लागि १ लाख ७० हजार ५७८ रुपैयाँ सहयोग गरेका हुन्। मलेसिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो।
संकलित रकम इलाम प्रदेश २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गरे। सो अवसरमा उनले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताए। सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गएका थिए। उनले चलाएको कम्पनीको गाडी बाटोबाटै हराएको थियो। गाडीमा रहेको केवलतार हराएपछि उनलाई पक्राउ गरी दुई महिना र ५० कोर्रा सजाय दिइएको थियो। सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल (करिव ९५ लाख रुपैयाँ) जरिवाना तोकिएको थियो।
फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारमै बस्नुपर्ने भएकाले उनको जीवन रक्षाका लागि अभियान सञ्चालन गरिएको छ। प्रेमको पीडादायी अवस्थाको समाचार बाहिर आएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन भइरहेको अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताए। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा