सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैज्ञानिकहरुले सुख्खा वा मरुभुमि वातावरणको हावाबाट पनि पानी बनाउन सकिने उपकरण बनाएका छन । पृश्विको केही ठाउँहरु यस्ता छन् जो अत्याधिक सुख्खा हुन्छन् र त्यस्ता स्थानको हावामा गीलोपन हुन्छ । यस्तो अवस्थामा यो उपकरण यस्तो स्थानमा पानीको जीवनदानको रुपमा साबित हुन सक्दछ । यसले सुख्खा वा मरुभुमि वातावरणको हावाबाट पनि पानी निकाल्न सक्दछ ।
यो उपकरणको निर्माण अमेरीकाको ‘मैसाच्युसेट्स इन्चीच्युट्स अफ टेक्नोलजी’ (एमआई) का अनुसन्धानकर्ताहरुले गरेका हुन् । ‘मैसाच्युसेट्स इन्चीच्युट्स् अफ टेक्नोलजी’ (एमआई) का अनुसन्धानकर्ताले पानी पैदा गर्ने प्रणालीलाई प्रमाणीत गरेका छन् ।
अनुसन्धानकर्ताले भनेका छन् कि ‘डिवाइसको टेम्पे, एरिजोनाको सुख्खा हावामा फिल्ड–टेस्ट गरिएको छ, जसले पानी पैदा गर्ने एउटा नयाँ विधिको क्षमताको पुष्टि गर्दछ, मेटल–आर्गेनिक फ्रेमवर्क (एमओएफ) नामक प्रणालीले उच्च सतहमा मरुभुमिको सबैभन्दा सुख्खा वातावरणबाट पनि पहेलो पानी निकाल्न सक्दछ’ ।
यो अध्ययन ‘द जर्नल नेचर कम्युनिकेशन’ नामक पत्रिकामा प्रकाशीत भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा