सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत्र ९। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी चलाउने चालक तथा सहचालकले आजदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अगाडि बसेको बैठकको निर्णयानुसार आजदेखि सबै मार्गका सवारी चालक र सहचालकले पोशाक लगाउनुपर्ने हुन्छ। महाशाखा र महासंघको आयोजनामा आज आरएनएसीबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने बस तथा माइक्रोबसका चालक र सहचालकलाई पोशाक लगाएर शुरुआत गरिएको हो।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चालक र सहचालकलाई पोशाकको व्यवस्थासँगै सडक सभ्यता र अनुशासित रूपमा गाडी चलाउने अभियानको विकास हुने बताए। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसलाई चालक र सहचालकलाई अनिवार्य रुपमा पोशाक लगाउन पत्राचार गरिसकिएको बताए। “नियम पालना नगर्ने चालक र सहचालकलाई समितिबाटै कारवाही हुन्छ”, उनले भने।
काठमाडौँ उपत्यकाबाट शुरु भएको पोशाक अभियान देशव्यापी रुपमा लैजाने महासंघका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले जानकारी दिए। समितिअनुसार भिन्दाभिन्दै ज्याकेट भएकाले यात्रुलाई समेत यात्रामा सहजता हुने छ। चालकलाई रातो र सहचालकलाई हरियो खालको पातलो ज्याकेटको व्यवस्था गरिएको छ। यही चैत २ गते ललितपुर यातायात व्यवसायी संघबाट शुरु भएको उक्त अभियानअन्तर्गत आज १२ मार्गका चालक र सहचालकलाई पोशाक लगाइएको थियो। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा