सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रसिद्ध भौतीक विज्ञानी दिवंगत स्टीफन हकिङको शरिरलाई क्याम्ब्रिजमा ३१ मार्चमा गाडिने भएको छ । उनको अस्थिलाई वेस्टमिंस्टर एबेमा महान बैज्ञानिक आइजक न्युटन र चार्ल्स डार्विनको समाधिको नजिकै गाडिने भएको छ ।
हकिङको १४ मार्चमा ७६ बर्षको उमेरमा निधन भएको थियो ।
हकिङको परिवारिक स्रोतले बताए अनुसार क्याम्ब्रिजको ग्रेट सेंट मेरीज युनिभर्सिटि चर्चमा उनको परम्परागत तरिकाले अन्तिम बिदाई गरिने भएको छ । र त्यसपछि श्रद्धाञ्जली सभा आयोजना गर्दे वेस्टमिंस्टर एबे मा उनको अस्थिलाई गाडिनेछ । वेस्टमिंस्टर का डिन डा. जोन हलका अनुसार ब्रिटिश वैज्ञानिक हकिङको यो सबैभन्दा राम्रो श्रद्धाञ्जली हुने जनाएका छन् ।
उनले भनेका छन् ‘यो महत्वपुर्ण हुनेछ विज्ञान र धर्म मिलेर जीबन र ब्रमाण्ड को रहस्य खोजी भएको छ’ ।
स्टीफन हकिङको जन्म ८ जनवरी १९४२ मा ईग्ल्याण्डको अक्पोर्टमा भएको थियो । उनी भौतीक वैज्ञानिक, ब्रहाण्ड वैज्ञानिक तथा लेखक थिए । उनी युनिभर्सिटि अफ क्याब्रिज सेन्टर फर थियोरेटिकल कास्मोलोजीको रिसर्च विभागका डाइरेक्टर थिए । उनले हकिङ रेडियसन, पेनरोज हकिङ थियोम्स, बेकेस्टीन–हकिङ फर्मुला, हकिङ एनर्सी समेत गरी कैयौ महत्वपुर्ण सिद्धान्तहरु प्रतिपादन गरीसकेका छन् । उनको कैयौ कार्यहरु रिसर्चको बेस बनेका छन् ।
सैद्धान्तिक भौतिक विज्ञानमा गरेको कामको लागी हकिङलाई आफनो पिढिको महान बैज्ञानिक मानिन्छ । उनले ब्रम्हाण्डर ब्ल्याक होलको रहस्यको पत्ता लगाए र यसको ब्याख्या समेत गरे ।
स्टीफन हकिङ मोटर न्युरान रोगबाट पिडित थिए । २१ बर्षको उमेरदेखी विरामी भएका हकिङले पुरा जीवन ह्ील चेयरमा बिताए । दिमाग वाहेक उनको शरिरको अन्य भागले काम गर्देनथ्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा