सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिन्धुपाल्चोक, चैत ९। काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो । बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ।
मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ । बसमा सवार ३५ जनामध्ये नौजना घाइतेको काठमाडौँस्थित नेपाल मेडिकल कलेज र मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा