सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ९ । सलमान खानको आगामी फिल्म ‘रेस ३’ ले आजभोली लगातार चर्चा बटुली रहेको छ । फिल्मको कास्ट पोष्टरहरु केही दिन अघिदेखी रिलिज गरीरहेका छन् । मुख्य भुमिकामा रहेका सलमान खान, बबि देओल र जैकलिन फर्नानडेजको लुक आउट गरिएको छ ।
यही समयमा हलीउड स्टार सिलभेस्टर स्टेलोन ले पनि सलमानको फिल्मको प्रमोशन गर्दे आफनो इंस्टाग्राम एकाउन्टमा उनको फिल्मको पोष्टर पोष्ट गरेका छन् ।
हलीउड एक्टर स्टेलोन ले गल्तीले सलमान खानको पोष्टरको ठाउँमा बबी देओलको पोष्टर शेयर गर्दे सलमान खानलाई फिल्मको लागी बधाई दिएका छन् ।
The very best wishes to very talented film hero SALMAN KHAN For his next film RACE 3… https://t.co/hNAFDzzuW1
— Sylvester Stallone (@TheSlyStallone) March 21, 2018
सिलभेस्टरले इंस्टाग्रामबाट त पोष्टलाई डिलेट त गरे तर ट्विटरमा उनको पोष्ट अहिलेसम्म शो भईरहेको छ ।
सलमानले यस अघि यो हप्ता एक–एक गरेर रेस–३ को सदस्यहरुलाई मिलाउने बाचा गरेका थिए सोही बाचा निभाउदै आज सोशल मिडियामा साकिब सलीमको क्यारेक्टर सुरजलाई सबै सामु सार्वजनिक गरेका छन् । सलमानले पोष्टरलाई सार्वजनिक गर्दे फिल्ममा साकिबको लुक्सको साथै उनको क्यारेक्टरको नामको पनि खुलासा गरेका छन् ।
रेस ३ मा सलमान खान लगाएत बबी देओल, अनिल कपुर, ज्याकलीन फर्नानडेज, डेजी शाह र साकिब सलीम जस्ता कलाकारहरु देखिदैछन् । सलमान खान पहिलो पटक उक्त हिट फिल्म रेस को फ्रेन्चाइजीको हिस्सा बन्न गईरहेका छन् ।
फिल्मको शुटिङ अहिले अबु धाबीमा भइरहेको छ भने फिल्मलाई आउने ईद पर्वलाई लक्षित गरेर रिलिज गर्ने तयारी गरिएको छ ।
यो भन्दा पहिला रेसमा सैफअलि खानले फिल्ममा मुख्य भुमिका निभाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा