सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले शुरूमा मागेको ३३ प्रतिशत आरक्षण स्थानीय तहदेखि संघीय संसद्सम्म आइपुग्दा अहिले ४१ प्रतिशत पुगेको र अब त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइने योजना रहेको बताएका छन् ।
राष्ट्रिय महिला उद्यमी महासंघद्वारा यहाँ बिहीबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७४’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाका लागि आरक्षण निश्चित समयका लागि मात्रै भएकाले तिनलाई क्षमता विकाससँगै प्रतिष्पर्धाका लागि योग्य हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमा सशक्त बनाउनुपर्नेमा पनि जोड दिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा