सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत ८ । बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने बताउनुभयो । भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन मानवतावादी भएर सोच्न आग्रह गर्नुभएको छ ।
लोकतन्त्रको समृद्धिका लागि वैकल्पिक राजनीतिको अपरिहार्यता रहेको भट्टराईले बताउनुभयो । उहाँले वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा बताउनुभयो ।
समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकोले विभेद र असमानताको अन्त्य गर्न नेपालमा केही समयको लागि समावेशिता आवश्यक रहेको भट्टाईको भनाई थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा