सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ८ । ऋतिक रोशन र कैटरीना कैफको फ्यानहरुको लागी खुशीको खबर आएको छ । ४ बर्ष पहिला यो जोडीले बक्स अफिसमा जोडतोडसँग कमाई गरेको थियो । त्यो बेलादेखी अहिलेसम्म दुबै स्टार एकसाथ देखिएका थिएनन् । खबर अनुसार दुबै सुपरस्टार फेरी एक पटक एकसाथ धमाल मच्चाउन आउने भएका छन् ।
ऋतिक र कटरीना कैफ अहिलेसम्म दुई वटा फिल्ममा मात्र देखिएका थिए जसमा २०११ मा रिलिज भएको ‘जिन्दगी न मिलेगी दुबारा ‘ र २०१४ मा ‘बैग बैग’ फिल्म पर्दछन ।
जानकारीका अनुसार यो लोकप्रिय जोडी ‘बैग बैग’ को सीक्वेलमा देखिने भएका छन् जसको नाम हुनेछ ‘बैग बैग रिलोडेड’ ।
यो फिल्मको काम शुरु भई सकेको जानकारी ट्रेड एनालिष्ट अतुल मोहनले सोशल मिडिया ट्विटरबाट गरेका छन् । एजेन्सिका अनुसार फक्स स्टारमा यस फिल्मलाई यहि हप्ता फिल्मको नाम रजिष्टर गर्ने सम्भावना रहेको छ । फिल्म निर्माता चाहन्छन् कि सिक्वेलमा पनि ऋतिक र कैटरीनालाई लिइयोस । तर दुबै एक्टर्ससँग यस विषयमा कुरा कानि भएको भने छैन स्क्रिप्ट फाइनल भए लगत्तै दुबै स्टारसँग कुरा गरीने निर्माण पक्षले जनाएको छ ।
फिल्मलाई लिएर निर्माताहरुले अहिलेसम्म कुनै पनि आधिकारीक जानकारी दिएका छैनन् । ‘बैग बैग’ फिल्म २०१४ मा रिलिज भएको थियो । फिल्म १४० करोड बजेटमा बनेको थियो भने फिल्मले ३६५ करोड बक्स अफिसमा कलेक्शन गर्न सफल भएको थियो ।
कैयौले यो फिल्मको सिक्वेलमा पनि उही स्टारहरुलाई लिएमा फिल्म सुपर हिट हुने अनुमान फिल्मि क्षेत्रकाले गरेका छन् ।
अहिले ऋतिक रोशन ‘सुपर 30’ को शुटिङमा ब्यस्त छन् भने कैटरीना कैफ ‘ठग्स अफ हिन्दुस्तान’ को शटिङमा ब्यस्त रहेका छन् । ऋतिकको फिल्म आउदो बर्षमा रिलिज हुनेछ भने कैटरिनाको फिल्म नोभेम्बरमा रिलिन हुन सक्दछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा