सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ७ । सरकारले थप नौ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरेको छ । रौतहट, बारा, पर्सा, बझाङ, बाजुरा, सिरहा, कालिकोट, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । हालसम्म ३० जिल्लामा बीमा कार्यक्रम लागु गरेको सरकारले आगामी असार सम्ममा थप ९ जिल्लामा कार्यक्रम बिस्तारको तयारी गरेको बोर्डका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले बताउनुभयो ।
सबै जिल्लाका गरी हालसम्म सदस्यता लिनेको संख्या ५ लाख ९१ हजार ५ सय १५ जना पुगेको बोर्डले जनाएको छ । जसमध्ये सदस्यता लिनेको संख्या चितवनमा सबै भन्दा धेरै १० लाख ९ हजार ६ सय ८४ छन् । उपचार सेवा लिनेको संख्या भने सबै भन्दा धेरै कास्कीमा छ । त्यहाँ ६० हजार ४ सय ९० जनाले सेवा लिइसकेको बोर्डको तथ्याङ्क छ ।
स्वास्थ्यमा सबैको पहुँच बढाउने उद्देश्यका साथ सरकारले २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा सदस्य बन्नुपर्ने प्रावधान छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा