सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धादिङ, चैत ७। धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलबार बेलुकी विषादी मिसिएको हल्ला चलेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।
पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिए । विषादी मिसिएको पानी परीक्षणको लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।
मुहानमा विषादी मिसाइएको भेटिएको धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । मुहानसम्बन्धी विवादका कारण स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदनसमेत दिएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा