सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीको मेसमा बसेर जवानहरुसँग साथै खाना खानुभएको छ ।
बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गर्नुभएको थियो ।
सबै निरीक्षण सकेपछि उहाँले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ लाग्नुभयो । त्यहाँ खानाखाईरहेको प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। उहाँले बसेर खाईराख्न आग्रह गर्नुभयो ।
सो लगत्तै भान्सामा पुगेर ‘हामी पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गर्नुभयो । उहाँको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । पुग्छ हजुर भनेर जवाफ दिए । ‘त्यसो
भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बस्नुभयो । उहाँको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रह्री जवानले साथै खान खानुभयो ।
गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खानुभयो । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।
गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थिएन। गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।
सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उहाँले जनताको जिउ,धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गर्नुभयो ।
सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता टाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गनुभयो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सचिवालयको पेजबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा