सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ७ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र विक्रिदर २८ रुपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५५ पैसा र विक्रिदर २६ रुपैयाँ ७० रहेको छ ।
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७४ पैसा र विक्रिदर २७ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ रुपैयाँ छ ।
एक कुवेती दिनारको एकको खरिददर ३ सय ४६ रुपैयाँ ७१ पैसा छ भने विक्रिदर ३ सय ४८ रुपैयाँ ७१ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४९ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र विक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा