सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, चैत्र ७ । “बैंक पनि, साथीपनि”भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ ।
मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ सेवा(डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर होम बैंकिङ सर्भिस प्रदान गरिने बैंकले जनाएको छ।
त्यस्तै सो खाता खोलि मोबाइल बैंकि¨ सेवा लिए पछि एटिसी वा एनसेलमा १ सय बराबरको रिचार्ज कार्ड निशुल्क प्रदान गरिने छ । १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशत का दरले मासिक ब्याज प्रदान गरिने बैंकले जनाएको छ।
ग्राहकहरुलाई ५ लाखसम्मको दुर्घटना बीमा सुविधा दिइनेछ साथै खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा रहेको बैकका सुचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिनुभयो।
नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे बैकले दाबी गरेको छ ।
बैकले प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र प्रिमियम समुन्नति बचत खाता खोली अवसरबाट प्रचुर लाभ उठाउन आम जनसमुदायलाई अपिल समेत गरेको छ ।
बैंकको हाल मुलुकभर गरी १८४ शाखा, १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफल भएको छ ।
समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट ९प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी० सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ ।
साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भइसकेको छ ।
बैंकको वासलातको आकार १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब १०४ अर्ब र कुलनिक्षेप करिब १२४ अर्ब पुगिसकेको छ ।
यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिमब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा