सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ६ । एएफसी एसिया कप छनोट चरण अन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले आगामी चैत्र १३ गते यमनसँग खेल्ने खेलको लागी मंगलबार २० सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपालले यही चैत १३ गते कतारको बिन हम्माम रंगशालामा यमनविरुद्ध अन्तिम खेल खेल्नेछ ।
समूह ‘एफ’मा परेको नेपाल छनोटबाट यसअघि नै बाहिरिसकेको छ। यो खेल नेपालको प्रतिष्ठाका लागिमात्रै रहनेछ ।
घोषणा गरिएको नयाँ टोली
रक्षक
विराज महर्जन
रजिन धिमाल
देवेन्द्र तामाङ
आदित्य चौधरी
अनन्त तामाङ
दिनेश राजवंशी
मध्यपंक्ति
विशाल राई
रोहित चन्द
हेमन गुरुङ
हेमन्त थापामर
सुजल श्रेष्ठ
सुनिल बल
अन्जन विष्ट
सुमन लामा
अग्रपंक्ति
विमल घर्तीमगर
नवयुग श्रेष्ठ
जर्जप्रिन्स कार्की
गोल रक्षक
किरण चेमजोङ
विशेक कुथु
एलन न्यौपाने
मुख्य प्रशिक्षक
ग्योतोकु कोजी
प्रशिक्षक
राजुकाजी शाक्य
गोल रक्षक प्रशिक्षक
उज्ज्वल मानन्धर
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा