सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ६। नेपाल प्रहरीले दरबारमार्ग बलात्कार काण्डका आरोपी शैलेश कार्कीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रामेछापका २२ वर्षीय शैलेश कार्कीलाई पक्राउ गरेको हो।
फरार रहेका कार्कीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
गत माघ ७ मा काठमाडौंको दरबारमार्गमा रहेको ल्याण्डमार्क होटलमा एक युवतीलाई चारजना युवकहरुले सामूहिक बलात्कार गरेका थिए ।
यस अघि उक्त घटनाको छानविन गर्न महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले प्रहरीहरुको कमजोरी रहेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरुले पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको थियो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको थियो भने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा