सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, चैत्र ६ । गृहमन्त्री बादलले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । कसैलार्इ जानकारी नदिर्इ एक्कासी विमानस्थलमा पुगेका थापाले कार्यलयमा ४ जना कर्मचारी मात्र भेटेका थिए।
गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । उनीहरू सबैलार्इ कारबाही गर्ने चेतावनी उनले दिएका छन् । थापाले अध्यागमनको लापरवाहीका कारण मानव तस्करी र अन्य तस्करी मौलाएको गुनासो गरे ।
गृहमन्त्री अकस्मात छड्केमा आएको थाहा पाएपछि भने कर्मचारीको भागदौड मच्चिएको थियो । त्यसक्रममा उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरे ।
विमानस्थलमा दैनिक हजारौँले सास्ती व्यहोर्ने गरेको गुनासो आइरहेका वेला गृहमन्त्रीले छड्को जाँच गरेका हुन् । उनले तत्काल सेवाहरूमा सुधार गर्न निर्देशन समेत दिएका छन् ।
गृहमन्त्रि थापा आज बिहानैदेखि निरीक्षणमा निस्किएका थिए । उनले आजै विहान केन्द्रीय कारागार र सदरखोर कारागारको अवलोकन निरीक्षण समेत गरेका थिए ।
हिजो मात्रै प्रधानमन्त्री ओलीले सबै मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखलार्इ भेला गरी काममा प्रभावकारिता ल्याउन र एक एक मिनेटको सदुपयोग गर्न विशेष निर्देशन दिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा