सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भनिन्छ सुखमा नमात्तिनु ,दुखमा नआत्तिनु । मान्छेको जिन्दगी सधैं खुसी र रमाइलोमा मात्र बित्दैन, कहिलेकाहीँ त्यस्ता दिन पनि आउँछ, जुन बेला आफ्ना लागि यो संसारमा कोही हुँदैन्। भविष्य आध्यारो मात्र देखिन्छ, भएका उपलब्ध व्यर्थ हुन्छ, उत्साह, उमग्ङ र रुचि हराएर जान्छ। त्यसबेला मान्छेले मृत्युको विकल्प देख्दैन। मान्छेमा यस्तो कायर सोंचहरु आयछन् । कायर सोंचहरुका बारेमा अहिलेसम्म विज्ञहरूले ठोस कुरा पत्ता लगाउन सकेका छैनन्। खाइपाइ आएको सुविधा एकाएक छुट्नु यसको सुरुवाती कारण भएको बताइन्छ।
त्यसपछि केही मेडिकल कारणले यसको विकास गर्छ। जसमा थाइराइडको कम सक्रियता, ब्लडप्रेसरको औषधी प्रयोग गर्दा पनि त्यसको साइड इफेक्टले मान्छेमा डिपे्रसन हुने विज्ञहरूले बताएका छन्।
कसरी मुक्ति पाउने
विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको एक तथ्यांकले विश्वमा डिप्रेसनका रोगीको संख्या दिन प्रतिदिन उकालो लाग्दै छ । संगठनका अनुसार विश्वमा अहिले १२ करोड १० लाख मानिस डिप्रेशनका सिकार छन् र वर्षेनी साढे ८ लाखले तनाव तथा डिप्रेसनकै कारण आत्महत्या गर्छन् । संगठनका अनुसार डिप्रेशन यस्तो समस्या हो जो आत्महत्याको कारक बन्नसक्छ । डिप्रेसनबाट पीडित मध्ये सयमा १५ जनाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
महंगी, आर्थिक अस्थिरता, हिंसा, सामाजिक समस्या, बढ्दो महत्वाकांक्षा, सूचनाप्रविधिको बढ्दो प्रयोग जस्ता कारणले मानिसमा डिप्रेसनको समस्या बढिरहेको छ । विज्ञहरुका अनुसार केवल बयस्क मात्र होइन बालबालिकामा समेत डिप्रेसनको समस्या बढिरहेको छ । स्कुले बच्चाहरु समेत डिप्रेसनको सिकार बन्ने क्रम बढ्दो छ ।
डिप्रेसन तथा तनावबाट कसरी मुक्ति पाउने ? :
शारीरिक श्रम – शारीरिक श्रमका बेला मस्तिष्कबाट एन्डोफिर्स नामक रसायन उत्सर्जन हुन्छ । यो रसायले मान्छेको मूड लाई ठीक राख्छ र सकारात्मक सोँचाइको विकाश गर्छ । त्यसैले विभिन्न खाले श्रम पर्ने खालका कामका साथै व्यायाम तथा खेलकुदमा समेत सहभागी हुनुहोस् । यसले सरीरमा उर्जा भर्ने मात्र होइन तनावबाट पनि मुक्त गराउँछ ।
वाचा पूरा गर्नुस् – तनावको एक मुख्य कारण हो आफ्नो बाचा पूरा गर्न नसक्नु । कामकाजी तथा निजि जिन्दगीमा त्यसैले त्यत्तिमात्र बाचा गर्नुस् वा महत्वाकांक्षा राख्नुस् जति तपाइँले पूरा गर्न सक्नुहुन्छ । क्षमता भन्दा ठूलो कुरा गर्ने कोसिसले तपाइँलाई शारीरिक तथा मानसिक रुपमा समस्यामा पार्छ र तनाव र डिप्रेसन बढाउँछ ।
निद्रा अत्यावश्यक : आधुनिक जिवनमा शरीरले भन्दा बढि काम हाम्रो दिमागले गरिरहेको हुन्छ त्यसकारण दिमागलाई रिचार्ज गर्नका लागि भरपूर आरामको जरुरत पर्छ । त्यसैले दिनमा ७-८ घण्टा मस्त सुत्नु आवश्यक हुन्छ । पर्याप्त निद्राको अभावमा तनाव बढ्ने तथा शारीरिक र मानसिक रुपमा समेत व्यक्ति कमजोर हुने हुन्छ ।
योगा ध्यान योगाभ्यास, ध्यान तथा प्राणायामले शरीर तथा मस्तिष्कको थकानलाई कम गर्छ । यसले एकाग्रता पनि बढाउँछ । त्यसैले दिनमा कम्तिमा पनि २० मिनेट योगा गर्नुहोस् ।
व्यवस्थित जिवन : हडबड गर्दा काम बिग्रने जोखिम बढि हुन्छ र त्यसले बेकारमा मानसिक तनाव दिन्छ । त्यसैले व्यवस्थित तथा अनुशासित जिवनशैली अपनाउनुहोस् । हरेक काम समयतालिका बनाएर गर्नुहोस् ।
मोबाइलबाट मुक्ति : विदाको दिनमा पनि दिनभर मोबाइल खेलाइरहने तथा घण्टौसम्म ल्यापटपको प्रयोग गर्ने मानिसमा तनावको मात्रा उच्च हुन्छ । ग्याजेटको दुनिया सुविधाका लागि हो, तनाव थप्न होइन ।
यसमै झुण्डिइरहने हो भने यसले तनाव र हैरानी तथा रोग थप्छ । त्यसकारण विदाको दिन कम्तिमा मोबाइल तथा ल्यापटपबाट आफुलाई मुक्ति दिलाउनुहोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा