सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, चैत ६ । विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन् ।
भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने बताएका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा