सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ६ । आज बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा र तेजावी सुन ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा छापावाला र तेजावी सुन तोलमा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा