सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ५ । बलिउडका सुल्तान सलमान खान चाडै नै फिल्म ‘रेस ३’ मा देखिने भएका छन् । यो एक मल्टिस्टार फिल्म हो र हालैमात्र फिल्मको सलमान खानले आफनो ट्वीटरबाट फस्ट पोष्टर सार्वजनिक गरेका छन् ।
फिल्मको यो पोष्टरमा सलमान खान धेरै राम्रो अवतारमा देखिएका छन् र उनको लुक पनि एकदम राम्रो देखाइएको छ । पोष्टरमा सलमान खानले एक हातमा पेस्तोल समातेको र अर्को हातमा आफनो सुटको कठालो समातेका छन् । यो पोष्टरको साथ साथै सलमान खानले आफनो नाम पनि खुलासा गरेका छन् ।
रेमो डीसुजाको निर्देशनमा बनीरहेको उक्त फिल्ममा सलमान खान ‘सिकंदर’ को क्यारेक्टरमा देखिने भएका छन् । सलमान खानले आफनो ट्विटरमा यो फिल्मको फष्ट पोष्टरलाई शेयर गरेका छन् । यसको साथै उनले लेखेका छन कि उनी यस हप्ता आफनो टिमसँग मिलाउने वालामा छन् र फिल्ममा उनको नाम सिकंदर रहेको बताएका छन् ।
फिल्मको यस पोष्टरमा सलमान एकदम ड्याशिङ देखिएका छन । सलमानले ट्विट गर्दे लेखेका छन् ‘इस हफ्ते मिलाता हूं रेस 3 की फैमिली से… मेरा नाम है सिकंदर…’
Is hafte milata hoon #Race3 ki family se … mera naam hai Sikander. Selfless over selfish . #Race3ThisEid @tipsofficial @SKFilmsOfficial pic.twitter.com/FAP4FAQkoc
— Salman Khan (@BeingSalmanKhan) March 19, 2018
रेस ३ मा सलमान खान लगाएत बबी देओल, अनिल कपुर, ज्याकलीन फर्नानडेज, डेजी शाह र साकिब सलीम जस्ता कलाकारहरु देखिदैछन् । सलमान खान पहिलो पटक उक्त हिट फिल्म रेस को फ्रेन्चाइजीको हिस्सा बन्न गईरहेका छन् ।
फिल्मको शुटिङ अहिले अबु धाबीमा भइरहेको छ भने फिल्मलाई आउने ईद पर्वलाई लक्षित गरेर रिलिज गर्ने तयारी गरिएको छ ।
यो भन्दा पहिला रेस मा सैफअलि खानले फिल्मको मुख्य भुमिका निभाएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा