सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुसको कमाण्ड एकपटक फेरी ब्लादिमीर पुटिनको हातमा आएको छ । आईतबार (१८ मार्च) मा भएको राष्ट्रपति चुनावमा पुटिनले ७५.९ प्रतिशत मत पाएका छन् ।
उनीसँगै राष्ट्रपति चुनावमा सातजनाले उम्मेदवारी दिएका थिए तर पुटिनसँग निकट प्रतिस्पर्धामा भने पावेल ग्रुदिनिन थिए । उनले १२ प्रतिशत मात्रै मत पाएका छन् । यसैगरी केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीले क्रमशः २ र ६ प्रतिशत मत मात्रै पाएका छन् ।
६५ बर्षिय पुटिनको यो चौथो कार्यकाल हो । उनी अघिल्लो ६ बर्षसम्म आफनो पदमा रहिरहनेछन् । सत्तामा आउनुभन्दा अगाडी ब्लादीमीर पुटिनले १७ बर्ष रुसी खुफिया एजेन्सि कोमितेत गोसुदरास्तवेनोए बेजोपास्रोस्ती (केजीबी) मा जासुसी भएर बिताएका थिए । ब्लादीमीर पुटिनप्रति आज रुसी जनताको विश्वास कैयौ गुणा बढेको छ ।
पुटिनको ३१ बर्ष कान्छि प्रेमिकाले पनि आइतबारमा भएको मतदानमा भोट हालेकी छिन् । उनले ईशारै इशारामा भनेकी छिन की उनले पनि भोट पुटिनलाई नै हालिन ।
पटिनको विषयमा जान्नुहोस् यी ९ कुराहरु
१) ब्लादिमीर पुटिनको जन्म ७ अक्टोबर १९५२ मा लेनिनग्राड (अहिले सेन्ट पीटर्सबर्ग) मा भएको थियो । उनको बुबाको नाम ब्लादिमीर स्पिरिडोनोविच पुटिन थियो । उनले रुसी सेनामा सेवा गरेका थिए । पुटिनको जन्म हुनुभन्दा अगाडी नै उनको दुईवटा दाजुहरुको निधन भईसकेको थियो ।
२) १९७० मा पुटिनले सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटिबाट कानुनी बिषयको शिक्षा हासिल गरेका थिए । १९७५ मा उनले स्नातक तह उतिर्ण गरे र त्यही समयदेखी नै उनी कम्युनिष्ट पार्टी अफ सोवियत युनियनमा प्रवेश गरे ।
३) १९७५ मा पुटिनले केजीबीमा प्रवेश गरेका थिए । ट्रेनिङपछि उनले सेकेण्ड चीफ डाइरेक्टोरेटख (काउण्टर ईन्टिलिजेन्स) बनाइयो । यसपछि उनलाई फष्ट चीफ डाइरोक्टोरेट बनाइयो । १९८५ देखी १९९० को विचमा उनी अंडर कवर एजेन्टको रुपमा पुर्वी जर्मनीको ड्रेसडेनमा रहे । उनले त्यहाँ केजीबीको लागी कैयौ महत्वपुर्ण सुचना जुटाए । बर्लिनको पर्खाल ढल्दाको समयमा उनले केजीबीको सबै फाइललाई जलाईदिएका थिए । १९९१ मा उनी सेन्ट पीटर्सबर्ग फर्किए र लेप्टिनेन्ट कर्नेल पदमा रही अगस्ट १९९१ म केजीबीबाट राजीनामा दिए ।
४) १९९४ मा सेन्ट पिटर्सबर्गको पहिलो सरकारमा पहिलो डिप्टी चेयरम्यान बनाइयो । १९९८ मा फेडरल सेक्योरिटी सर्विसको डाइरेक्टर बने ।
५) १९९९ मा पहिलो पटक रुसको प्रधानमन्त्रि बने । उनी २००० सम्म पदमा रहिरहे र ७ मे २००० मा पहिलो पटक रुसको राष्ट्रपतिको पद सम्हाले । २००८ सम्म उनले दुई कार्यकाल पुरा गरे । २००८ मा फेरी प्रधानमन्त्रि बन र २०१२ सम्म उक्त पदमा रहीरहे । २०१२ मा फेरी तेस्रो कार्यकालको लागी रुसको प्रधानमन्त्रि चुनिए ।
६) पुटिन कुकुरलाई धेरै माया गर्छन । उनीसँग हाल दुईवटा कुकुर छन् बफी र युम । २०१० मा तत्कालीन बुल्गिेरीयन प्रधानमन्त्रि बोयलाई बोरीसोवले बफी नामको कुकुर गिफ्ट स्वरुप दिएका थिए । २००७ मा रुस र जर्मनीमा उर्जा सम्झौतालाई लिएर जर्मन चांन्सलर एजेला मार्केल र पुटिनको भेटवार्ता मा उनले आफनो ब्लैक लैब्राडोर लिएर पुगेका थिए ।
७) पुटिनले १९८३ मा ल्युडमिला पुटिनसँग विवाह गरेका थिए । २०१४ मा उनको सम्बन्ध विछेद भयो । पुटिनलाई आफु फिट एण्ड फाइन रहने सोक छ । उनी अहिलेपनि दिनहु जसो जिम क्लबमा जिम गर्छन ।
८) पुटिन १४ बर्षको उमेरमा मार्शल आर्टको ट्रेनिङ लिन शुरु गरेका थिए । यसपछि उनले जुरो पनि सिके । उनलाई २०१२ मा ८ औ डन अफ द ब्ल्याक बेल्टबाट पनि सम्मानित गरियो । उक्त शिर्षकमा उपाधि पाउने उनि पहिलो रुसी थिए । पुटिन लडाकु विमान, साइकल र फर्मुला वन रेसिङ कार चलाउन धेरै सोखिन छन् । उनी खाली समयमा माछा मार्न पनि रुचाउछन् । उनीसँग हाल २० भन्दा बढि बंगला रहेको छ ।
९) २०१४ मा ब्लादिमिर पुटिन पत्नी ल्युडमिलासँगको सम्बन्ध विछेदपछि रुसी जिमनास्ट एलिना काबेवासँग नजिकिए । दुबैजना कैयौ पटक एकसाथ देखिए उनी पुटिन भन्दा ३१ बर्षले कान्छि छिन् । उनले ओलम्पिक गेममा गोल्ड मेडल पनि जितेकी छिन् । तर रुसी सरकार सधै यी दुई विचको सम्बन्धलाई नकारादै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा