सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
साओ पाउलो, रायटर । जब नेयमारले पछिल्लो बर्ष अगस्टमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को लागी बार्सिलोनालाई छोडेका थिए त्यो समय उनलाई पनि थाहा थियो कि २०१७–१८ को सत्र उनको लागी अत्यन्त तनावपुर्ण हुनेछ तर यो बर्ष नेयमारको राम्रो र नराम्रो दुबै तरिकाको खबरमा आईरहे ।
चोटको कारण नेयमार च्याम्पियन लीगको प्रि क्वाटर फाइनलमा रीयल म्याड्रिड विरुद्ध अति महत्वपुर्ण प्रतिस्पर्धामा खेल्न पाएनन् जसको कारण उनको टिम प्रतिस्पर्धाबाट बाहिरिनु पर्यो ।
वास्तवमा नेयमार जुन चोटको अवस्थाबाट वाहिर आएका छन, यसपछि उनलाई आफनो भाग्य सुनिश्चित गर्नको लागी लामो बाटो पार गनु पर्ने हुन्छ । एउटा यस्तो टुर्नामेन्ट जसलाई ब्राजिलले पछिल्लो १६ बर्षदेखि जितेका छैनन् । ब्राजीलको टिममा हरेकले नेयमारको महत्वलाई बुझदछन् । २६ बर्षिय यी खेलाडी उनीहरुको सर्बश्रेष्ठ खेलाडी मात्र नभएर ब्राजीलको फुटबल भारलाई अगाडी बढाएर उठाउनको लागी पनि तयार पनि छन् ।
ब्राजीलका कोच टिटे ले मार्च महिनामै भनेका थिए कि नेयमारको ठाउँ कुनै पनि खेलाडीले लिन सक्दैनन् । आफनो स्तर, गुणस्तर र विश्वको शिर्ष तीन खेलाडी मध्येका एक भएका कारण उनको ठाउँ कसैले लिन सक्दैनन् ।
आफनो सुचीका सबैभन्दा सक्षम खेलाडी मध्ये एक नेयमारले फ्रान्स मा आफनो डेब्यु सत्रको ३० खेलमा २९ गोल गरे तर स्पेनमा ला–लीगामा स्पष्ट रुपबाट कमसे कम एक लिगमा उनको परिक्षा पनि लिइएको थियो । उनले फिट भएर रुसको लागी तयार हुने प्रण लिए र ब्राजीलको समर्थक पनि उनको समर्पणको पुरा हुनको लागी प्राथना गरीरहेका छन् । यदि नेयमार राम्रोसँग खेल्न सकेभने ब्राजीललाई हराउन मुश्किल पर्नेछ । यो समय नेयमार चोटबाट उठ्नको लागी प्रयासरत छन र आफनो राष्ट्रिय टिमसँग अभ्यास सत्रमा भाग लिइरहेका छन् ।
गुरुप ई मा ब्राजीलसँग कोस्टारिका, सरविया र स्विजरल्याण्ड परेका छन् । ब्राजिलको पहिलो खेल जुन १७ मा स्विजरल्याण्ड सँग हुनेछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा