सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ५ चैत । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले आफनो अपराजित यात्रा कायम राखेको छ। आइतबार भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गर्दे बार्सिलोनाले उपाधि होड थप बलियो बनाएको हो।
लिग लिडर बार्सिलोनको जितमा खेलको अल्कासेरले आठौ मिनेटमा र लियोनेल मेस्सीले ३० औ मिनेटमा गोल गरे ।
पहिलो हाफमा लिएको उक्त अग्रतानै अन्तिम सम्म कायम रहँदा बार्सिलोनाको कीर्तिमानी अपराजित यात्रा कायम रहेको छ ।
२९ खेल खेलेको बार्सिलोनाले आफनो अपराजीत यात्रा कायम राखेको छ । पछिल्ला २९ खेलमध्ये बार्सिलोनाले २३ मा जीत र ६ वटामा बराबरी गर्दे ७५ अंक बटुलेको छ । जारी प्रतियोगितामा बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ ।
यीमध्ये लगातार ७ खेलमा अपराजित रहने हो भने यो रेकर्ड बार्सिलोनाको नाममा हुनेछ । जितसँगै बार्सिलोनाले ११ अंकको अग्रता कायम गरेको छ । तालिकाको दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भिल्ला रियलसंग २–१ ले पराजित भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा