सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ४ । प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद दिपक मनाङे भनिने राजीव गुरुङ बिरुद्ध नेपाल प्रहरीले ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ । केही समय यता प्रहरीको ‘फरार’ सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेडक कर्नर नोटिस जारी गरेको हो ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । तर, लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएको थियो ।
मनाङेलाई अब इन्टरपोलमा १ सय ९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको प्रहरीको दाबी छ । नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा