सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु, चैत ४। यहाँको एक भेली मिलमा शनिबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । कृष्णनगर नगरपालिका–९ मा रहेको महेश गुण उद्योगमा भेली बनाउने क्रममा दिउँसो आगो बाल्दा हावाहुरीका कारण सो उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय, बहादुरगञ्जले जनाएको छ ।
आगलागीबाट ४० क्विन्टल भेली, भेली स्टोर, लत्ताकपडा, भाँडावर्तन गरी करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी, प्रहरी र दमकलको सहयोगमा साँझ आगो नियन्त्रणमा आएको मिल सञ्चालक दिनानाथ चौधरीले जानकारी दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा