सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन् । शनिबार साँझ त्रिवि शिक्षण(टिचिङ) अस्पताल, महाराजगञ्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हन् ।
उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए । “उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भने, “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।”
सोही अवसरमा प्रधानमन्त्री ओलीले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताए । उनले घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताए । चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा. राजन भट्टराईसमेत अस्पताल पुगेका थिए ।
सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा. प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिए । नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा