सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ४ । केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा भएको छ। ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने यो परीक्षामा नियमित र एजाम्टेडको छुट्टाछुटै पश्नपत्र छन्। यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
प्रदेशअनुसार प्रश्नपत्र तयार हुन नसकेपछि चारवटा क्लष्टरका आधारमा प्रश्नपत्र छापिएका छन्। काठमाडौं उपत्यका र बाहिर विभिन्न जिल्लाको क्लस्टरअनुसार परीक्षामा सहभागी विद्यार्थीको प्रश्नपत्र फरकफरक हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रममिण पौडेलले परीक्षाको सम्पूर्ण तयारी प”रा भएको बताए।
यसका लागि आवश्यक पर्ने जनशक्ति खटाउने क्रम जारी छ। डा.गौतमका अनुसार परीक्षामा चिट चोराउने/चोर्ने लगायतका अनियमित गतिविधि भए एक लाख रुपैयाँ जरिवाना ६ महिना कैद वा दुवै सजाय हुने जनाएका छन्। गतवर्षदेखि अक्षरांक प्रणालीमा परीक्षाफल प्रकाशित हुँदै आएको छ। आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन हुँदैछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा