सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र ३ । नेदरल्याण्डले नेपालसामु १९० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डले निर्धारीत ५० ओभरमा सबै विकेट गुमाउदै १८९ रन बनाएको छ ।
जिम्बाम्बेमा जारी आइसिसि विश्वक कप छनोट प्रतियोगिता अन्तर्गत सातौ स्थानको लागि क्वे क्वे मैदानमा नेपाल र नेदरल्याण्ड खेलीरहेका छन् ।
नेपालका लागी सोमपाल कामी एक्लैले ४ रन लिए । यो सँगै उनी लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आजको खेलमा ४ विकेट लिएसँगै सोमपालले ५४ विकेट लिएका छन् । सन्दिप लामिछाने र ललित राजबंशीले २/२ विकेट लिए भने शक्ति गौचनले पनि एक विकेट लिए।
बलियो टिम नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुवातमा नै विकेट लिन सफल भयो । उसका लागि बस दे लेदेले सर्वाधिक ३९ रन बनाए भने ओपनर वेज्ले बारेसीलाई सोमपालले खाता खोल्न नपाउदै आउट गरे ।
जिम्बाब्वेमा जारी विश्वकप छनोट प्रतियोगिताअन्र्तगत ७ औं स्थानको लागि हुने प्लेअफ खेलमा नेदरल्यान्ड्सलाई हराउदै नेपाल जिम्बाब्वे भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ। बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म ४ पटक भिड्दा दुवै टोलीले समान २/२ खेल जितेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा