सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एनआइसी एसिया बैँकको का.मु प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने नियुक्त भएका छन्। लक्ष्मण रिसालले पदबाट राजीनामा दिएपछि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई का.मु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका उनी एनआइसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरूमध्येको एक बैँकको रूपमा स्थापित गराउने अभियानका मुख्य अभियन्तासमेत हुन्।
साथै बैंकप्रति आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर १० लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको बैकले जनाएको छ । हाल बैकले १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा