सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ३ । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्याएको छ ।
विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या २१ बनाउने निर्णय गरेको हो ।
सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ भने श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाएको छ ।
यसैगरी शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको छ ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागबन्डा पुर्याउन मन्त्रालयको संख्या बढाएको बताए । -नागरिक दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा