सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपँैया हानी पुर्याएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।
पक्राउ पर्नेहरु व्यक्तिहरु :
– विष्णुप्रसाद धिताल, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
– ईच्छाबहादुर गुरुङ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
– सुवर्णराज भण्डारी, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
– मधुवनलाल श्रेष्ठ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
– ऋषीराज भट्ट, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
– दुर्गादत्त जोशी, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
– रामचन्द्र बसौला, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
– विकास श्रेष्ठ, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
– सागर न्याैपाने, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
– मानबहादुर राउत , तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
– विनितमणि उपाध्याय, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
– मोहन खरेल, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
– सुदीप थापा, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
उनीहरुलाई शुक्रबार राजधानीका विभिन्न स्थान र एनसिसी बैंक पुतलीसडकबाट पक्राउ गरिएको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा