सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको बैज्ञानिकहरुले रकेट प्रविधिको उपयोग गरेर एक कृत्रिम मुटु विकसित गरेका छन् । उक्त मुटुको प्रयोग अहिलेसम्म केबल जनावरमा मात्र गरीएको छ ।
चीनको एकेडमी अफ लन्च ब्हीकल टेक्नोलोजी (सीएएलटी) र उत्तर चाइनाको तियानजिनमा टेडा ईन्टरनेशनल कार्डियोवास्कुलर हस्पिटलद्धारा संयुक्त रुपबाट उक्त कृत्रिम मुटुको विकास गरिएको हो ।
सीएएलटीका पुर्व निर्देशक ली हांगका अनुसार जनावरमा परिक्षण गरेपश्चात कृत्रिम मुटुलाई जाँचको लागी पठाइएको छ । कृत्रिम मुटु, रकेट प्रणालीबाट चुम्बकिय तथा तरल लाभको प्रयोग गर्दछ ।
‘एयरोस्पेस हर्ट’ नामको उक्त कृत्रिम हृदयलाई १३ औ पञ्चबर्षिय योजना (२०१६–२०) को दौरान क्लिनिकल ट्रायलको लागी पठाइने भएको छ । एक सैन्य विशेषज्ञ र टिवि कमेन्टटेटर सांग झोंगपिंगले रिपोर्टमा भनेका छन् कि चुम्बकिय तथा तरल पदार्थ उत्तोलकको प्रविधि कार्य कुशलतालाई बढाउनको लागी घर्षणलाई कम गर्न सक्दछ ।
यो पविधिको प्रयोग गरेर रगतमा हुने क्षती कम गनुका साथै ब्लड प्रेसरलाई लामो समयसम्म कम गर्नको लागी सक्षम बनाइ राख्न सक्दछ । चीनमा बनाइएको यो पहिलो कृत्रिम मुटु हो । जानकारीको लागी २०१३ मा वैज्ञानिकले एउटा भेडामा मानव मुटु प्रयोग गरीएको थियो जुन भेडा १२० दिनसम्म बाँचेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा