सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको राष्ट्रपति शी जीनपिंग आजिवन राष्ट्रपति बनिरहनको लागी बाटो खुल्ला भएपछि बिशेषज्ञहरुले भारतको लागी यो राम्रो संकेत नभएको बताएका छन् । बिशेषज्ञका अनुसार दोकलामको गतिरोधपछि शि को महत्वकांक्षी योजना ‘वन बेल्ट वन रोड’ (ओबीओआर) भारतसँग चीनको सम्बन्धमा ठुलो चुनौती बन्न सक्ने पुर्वानुमान गरेका छन ।
२०१३ मा सत्तामा आएका शि जिनपिंगको ‘वन बेल्ट वन रोड’ पहल अरबौ–खरबौ डलर को योजना हो, जुन भारत–चीन सम्बन्धको लागी एउटा ठुलो रुकावट हो । यसमा चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) पनि सहभागी छ । तर भारत भने यसको विरोधमा छ किनभने उक्त परियोजना पाकिस्तान अधिकृत काश्मीर भएर जान्छ ।
भारतले गएको पछिल्लो बर्ष चीनद्धारा आयोजीत ‘वन बेल्ट वन रोड’ फोरमलाई पनि बहिष्कार गरेको थियो । चीनको प्रभावलाई पुरै विश्वभर फैलाउनको लागी सडक, बन्दरगाहा, र रेल नेटवर्क सञ्जाल फैलाउनको लागी ‘वन बेल्ट वन रोड’ परियोजनाको शुरुवात गरीएको थियो ।
चीनमा नेशनल पीपुल्स काग्रेसद्धारा शीको कार्यकाललाई अगाडी बढाउने फैसला तब लियो जब सीपीईसी र ७३ दिनसम्म चलेको दोक्लाम विवादपछि भारत–चीन फेरी आफनो सम्बन्ध सुधार्नको लागी अगाडी बढि रहेका छन्।
भारतीय रक्षा मन्त्रि सीतारमण आउदो महिना चीन भ्रमण जादैछन्, जसलाई उच्च अधिकारीहरुले भने दुई देशको सम्बन्ध सुधारको दिशामा विश्व समुदायको लागी ठुलो संन्देशको रुपमा जाने बताएका छन् ।
चीनका थिंकटेंक हू शिशेंग ले भने दुबै देशलाई एजेण्डाहरुमा लचीलो भएर प्रस्तुत हुनुपर्ने बताएका छन् ।
चाइना इन्सिच्युट अफ ईन्टरनेशनल स्टडीका उपाध्यक्ष रांग यिंगले भने उक्त भेटवार्ताले दुई देशको एक अर्काविचको भरोसाको कमीलाई हटाउनु पर्ने कुरामा जोड दिएका छन् ।
‘अफिशियल चाइना इन्चिच्युट अफ कन्टेनपरी ईन्टरनेशनल रिलेशन’ का निर्देशक हु शिशेंग ले भने दुई देशलाई दोक्लाम वाहेक जैश सरगना मसुद अजहरलाई आतंककारी घोषणा गर्न, एनएसजीमा भारतको प्रवेश जस्तो मुद्धामा मतभेद टाढा हटाउनु पर्ने जनाएका छन् ।
यो समयमा उनलाई ‘वन बेल्ट वन रोड’ मा देखिएको भतभेदलाई हटाउनको लागी समाधान खोज्नु पर्ने हुन्छ । उनले भनेका छन् कि शी लामो समयसम्म राष्ट्रपति भईरहने छन यसकारण ‘वन बेल्ट वन रोड’ लाई गम्भिरताका साथ लिनु जरुरी हुन्छ ।
‘वन बेल्ट वन रोड’ मा काश्मीरलाई लिएर चीन आफनो अडानमा अडिक छ यसकारण भारत–पाकिस्तानले नै एकआपसमा समस्या सुल्झाउनु पर्ने हुन्छ ।
के हो ओबीओआर प्रोजेक्ट ?
ओबीओआर चीनका राष्ट्रपति शी जीनपिङको महत्वपुर्ण प्रोजेक्ट हो । चीनले विश्वमा रहेको देशहरुलाई आर्थिक मन्दिबाट बाहिर निकाल्नको लागी, बेरोजगारी समस्या हल गर्न र अर्थब्यवस्थालाई माथि उठाउनको लागी वन बेल्ट वन रोड परियोजना पेश गरेको हो ।
चीनले एशिया, युरोप र अफ्रिकाका ६६ मुलुकलाई सडक मार्ग, रेलमार्ग, ग्यास पाइप लाइन र बन्दरगासँग जोड्नको लागी वन बेल्ट वन रोड अर्थात ओवीओआर अन्तर्गत सिल्क रोड इकोनोमिक बेल्ट र मेरीटाइम सिल्क रोड जस्ता वित्त संस्था मार्फत् लगानी अवसर परियोजना शुरु गरेको थियो ।
ओबिओआरले सडक, रेल, हवाई (जसलाई कनेक्टिभिटी भनिन्छ), वित्त संस्था, व्यापार तथा वाणिज्य, लगानी, पर्यटन, अर्थतन्त्र, संस्कृति तथा शिक्षा, जनस्तरको सम्बन्ध लगायतका विषय समेट्दछ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा