सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३०। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आगामी चैत्र ४ गते आईतबार हुने भएको छ । राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले बुधबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष निर्वाचनको मिति घोषणा गरेकी हु्न् । राष्ट्रियसभा अन्तरिम कार्यविधि २०७४ को दफा ७ अनुसार राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तय गरिएको हो ।
बुधबार राष्ट्रियसभाको अध्यक्षतामा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका थिए । यस अघिनै राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा कृष्णबहादुर महरा निर्वाचित भइसकेका छन् । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा