सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन ३० । विख्यात ब्रिटिश भौतिकविद तथा कस्मोलोजिष्ट स्टीफन हकिङको ७६ बर्षको उमेरमा निधन भएको छ । परिवारका सदस्य लुसी, रोबर्ट र टिमले एक विज्ञप्ति जारी गर्दे भनेका छन् “हामी हाम्रो बुबाको मुत्युबाट अत्यन्त दुःखी छौ, उनी एक महान वैज्ञानिकका साथै महान ब्यक्ति थिए । उनको काम तथा विरासत सधै जिउदो रहिरहनेछ । उनी मानिसहरुलाई सधै प्रेरणा दिन्थे । हामी उनलाई सधै सम्झि रहने छौ “।
स्टीफन हकिङको जन्म ८ जनवरी १९४२ मा ईग्ल्याण्डको अक्पोर्टमा भएको थियो । उनी भौतीक वैज्ञानिक, ब्रहाण्ड वैज्ञानिक तथा लेखक थिए । उनी युनिभर्सिटि अफ क्याब्रिज सेन्टर फर थियोरेटिकल कास्मोलोजीको रिसर्च विभागका डाइरेक्टर थिए । उनले हकिङ रेडियसन, पेनरोज हकिङ थियोम्स, बेकेस्टीन–हकिङ फर्मुला, हकिङ एनर्सी समेत गरी कैयौ महत्वपुर्ण सिद्धान्तहरु प्रतिपादन गरीसकेका छन् । उनको कैयौ कार्यहरु रिसर्चको बेस बनेका छन् ।
स्टीफन हकिङ मोटर न्युरान रोगबाट पिडित थिए । जुन रोगको कारण मानिसको शरिर पुरै प्यारालाइसिस हुन्छ । ब्यक्ति केबल आफनो आँखाको साहाराले ईसाराले कुराकानी गर्न सक्दछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा