सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन २९ । सोमबार पहिलोपटक नेपालमा उडान गरेर आएकी बंगला एयरलाइन्सकी को(पाइलट पृथुला रसिद जसले नेपालको भुमिमा टेक्न नपाउदै संसार छोडिन।
पहिलोपटक नेपालमा उडान गरेर आएकी बंगला एयरलाइन्सकी को(पाइलट पृथुला रसिद ले नेपाली भुमिमा टेकिन नपाउदै संसार छाडिन् ।पृथुला चलाएको जहाज काठमाडौँको धावनमार्गमा यसरी पछारियो कि अब पृथुला यो संसारमा कहिले नफर्किने गरि गईन् ।
सन् २०१६ को जुलाईमा युएस बंगलामा आफ्नो करियर सुरु गरेकी उनले बंगलादेशको नर्थ साउथ युनिभर्सिटीबाट उडान सम्बन्धी पढाई सकेपछि उनले फस्ट अफिसरका रुपमा युएस बंगला एयरलाइन्समा जागिर सुरु गरेकी थिइन् ।बंगलादेशको आकाशमा डेढ बर्ष बिताएकी पृथुलाले एशिया र अमेरिकाका आकाशमा कोपाइलट भएर जहाज उडाइन् ।
घाइते अबस्थामा उद्दार त गरियो उनलाई तर काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा संसार छाडिन् ।उनी सहत प्लेन दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।
.
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा