सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २९। राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।
मंगलबार बिहान १० बजेदेखि सुरु भएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ बजेसम्म चलेको थियो। अपरान्ह ४ बजेबाट मतगणना सुरु भएर डेढ घण्टाभित्र नै मतपरिणाम आएको हो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर राष्ट्रपतिको निर्वाचन पहिलो पटक गरिएको हो।
जम्मा ५२ हजार ५ सय मतभार रहेको चुनावमा जितको लागी जम्मा २६ हजार २ सय ५१ मतभार भए पुग्थ्यो । भण्डारीले भने ३९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो ।
भण्डारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले मतदान गरेको थियो। नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।
राष्ट्रपतिमा भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले घोषणा गरेका हुन् । श्रेष्ठले राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै निर्वाचन आयोगलाई बुझाउने जानकारी दिए।
नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिनेछिन् । बुधबार दिउँसो ४ बजेका लागि सपथको समय तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा