सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २९। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५२ पुगेको छ । गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक छन्। दुर्घटनामा घाइते अन्य १९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।
सोमबार रातिसम्म ४९ जनाको ज्यान गएको थियो। मंगलबार उपचार गराई रहेका थप तीन जनाको मृत्यु भएपछि मर्नेको संख्या ५२ पुगेको हो। हालै न्यूरो अस्पताल बाँसबारीमा उपचाररत दिनेश हुमागाइँको मृत्यु भएसँगै मर्नेको संख्या ५२ पुगेको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा