सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २९ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युएस बंगला विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेट गर्नुभएकाे छ । मंगलबार देउवाले सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेहरुसँग भेट गर्नुभएको हो ।
उहाँले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न आफूले सरकारसँग माग गरिसकेको बताउनुभयो । देउवाले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताउनुभयो ।
हिजो विभान दुर्घटनामा परी उपचार गराईरहनुभएकाहरुलाई अस्पताल पुगेर भेटगरी स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुसाई नगर्न र उचित क्षतिपुर्तिको प्रवन्ध गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छु ।
Posted by Sher Bahadur Deuba on Tuesday, March 13, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा