सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, फागुन २९। अभिभावक संघ नेपाल कास्कीद्वारा सोमबार यहाँ आयोजित संघीयतामा शिक्षा विषयको अन्तक्र्रियामा शिक्षा समयसापेक्ष गुणस्तरीय अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नसक्ने बन्नुपर्नेमा जोड दिइएको छ । ‘संघीयतामा शिक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले गुणस्तरीय शिक्षाका लागि शिक्षक जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै घोकन्ते शिक्षा प्रणालीलाई त्याग्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताए ।
अभिभावक संघ नेपाल कास्कीका अध्यक्ष हेमराज बरालले गुणस्तरीय शिक्षा भएमा मात्र उत्पादित जनशक्तिले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने धारणा राखे । उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले दक्ष जनशक्ति तयार गर्ने महत्वपूर्ण जिम्मा पाएको शिक्षा संस्थालाई संघीय व्यवस्थामा अझै जिम्मेवार एवं व्यवस्थित गरिनुपर्ने धारणा राखे ।
पोखरा लेखनाथ महानगरपालिका शिक्षा विभागका प्रमुख केदारनाथ आचार्यले आगामी दिनमा शिक्षालाई कसरी अझै गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ सरकार लाग्नुपर्ने बताए । कार्यक्रममा प्याब्सन प्रदेश नं ४ का अध्यक्ष माधवशरण उपाध्याय, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीलगायतले गुणस्तरीय शिक्षाका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा