सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, फागुन २९। गिद्ध संरक्षणका लागि नवलपरासी बर्दघाट– सुस्ता पूर्व जिल्लामा गिद्ध संरक्षणका अभियान चलाइएको छ । कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ । युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम एसजिपीले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताए ।
बूढा गाईगोरुलाई गिद्धको आहारा बनाई रेष्टुराँ नै बनाइएको छ । चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ ।
शुरुमा ७२ गिद्ध रहेको सो स्थानमा हाल एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २१७ सम्म गिद्ध गणना गरिएको चौधरीले जानकारी दिए । हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ ।
पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा