सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन २८ । विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले ४८।२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपाले हङकङले दिएको लक्ष्यलाई ४०।४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
आजको खेलमा पनि नेपाली खेलाडीहरु बलिङमा राम्रो देखिए पनि ब्याटिङमा भने खासै जम्न सकेनन् ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।
यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।
यसअघि हङकङले ४८।२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।
नेपालका स्टार बलर सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २र२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
समान अंक भए पनि नेपाल रनरेटको आधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ ।
आजको खेलमा नेपालका रोहित कुमार म्यान अफ द म्याच घोषित भएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा